Wednesday, February 01, 2006

नेपाल मौसुफ बाट रास्ट्रका नाममा सम्बोधन बक्स

राजा आफ्नै रोडम्यापमा अडिग

श्री ५ बाट बुधबार बिहान देशवासीका नाममा सन्देश बक्सँदै मौसूफ आफ्‌नो 
रोडम्यापमा अडिग रहेको स्पष्ट हुकुम बक्स भएको छ। देशमा आन्दोलन चर्किरहेका 
कारण कडा वा नरम केही नयाँ घोषणा हुनसक्छ भन्ने विश्लेषकहरुको अनुमान विपरीत 
श्री ५ बाट यथास्थितिमा रहने घोषणा भएको छ।

श्री ५ को करिब २० मिनेट लामो सम्बोधनमा मौसूफले एक वर्षअगाडि चालिबक्सेको 
कदमको प्रतिरक्षा गरिबक्सँदै यस क्रममा देशको शान्ति सुरक्षामा महत्त्वपूर्ण 
सुधार आएको दावी गरिबक्सेको छ।मौसूफबाट प्रजातन्त्रका लागि निर्वाचन आवश्यक हुने हुकुम बक्स हुँदै 
निर्वाचनको प्रक्रिया सुरु भइसकेको बताइबक्सेको छ।परराष्ट्र मामिलाका सम्बन्धमा नेपालको परराष्ट्र नीति अहिले स्पष्ट र स्थायी 
भएको दावी गरिबक्सँदै मौसूफले नेपाललाई पारवाहन बिन्दू बनाउने पुरानो घोषणा 
दोहोर्याइबक्सेको छ।त्यसैगरी भ्रष्टाचार नियन्त्रणका लागि प्रयास जारी राख्ने, भूमिहीनहरुलाई 
भूमि बाँड्न भूमि बैंकको स्थापना गर्ने जस्ता आश्वासन पनि शाही घोषणामा रहेको 
छ।

No comments: