Friday, December 22, 2006

राजदूत नियुक्तीमा एमालेको पनि गुनासो

राजदूत नियुक्तीमा एमालेको पनि गुनासो

यस हप्ता सातदलीय सरकारले १४ वटा मित्र राष्ट्रहरूमा राजदूत नियुक्त गर्ने निर्णय गरेपछि शुरू भएको विवाद अझै साम्य भएको छैन।

अनि अन्तरिम सरकारमा जान आतुर देखिएको नेकपा माओवादीले जस्तै सातदलीय गठबन्धनको एउटा महत्वपूर्ण साझेदार नेकपा एमालेले पनि सरकारले सो निर्णय आफ्नो सहमति बेगर लिएको बताएको छ।

बिहिबार नै उक्त पार्टीको स्थायी समितिको बैठकपछि एकजना स्थायी समिति सदस्य र बैठकको सभापतित्व गरेका नेता अमृतकुमार बोहराले ति दुवै सरकारी निर्णय एमालेको सहमति विना नै लिइएको थियो।

उनले भने- " हाम्रो सहमति भैदिएको भए यि निर्णयहरू फिर्ता गर भनेर हामीले भन्ने नै थिएनौं। सरकारले पनि नियुक्तीका कुराहरू फिर्ता गर्नुपर्यो र माओवादीपक्षले पनि बन्दको कार्यक्रम फिर्ता लिनुपर्यो।"

माओवादी असन्तोष

सातदलीय सरकारले १४ वटा मुलुकहरूमा राजदूतहरू नियुक्त गर्ने निर्णयको विरोधमा देशभरका शहरी क्षेत्रमा बलेका टायरका धुंवा विलाउन नपाउंदै बिहिबार माओवादीले त्यस निर्णयको बारे आफ्नो पार्टीसंग कुनै छलफल नभएको गुनासो दोहोर्याएको छ।

बिहिबार आयोजीत एउटा पत्रकार सम्मेलनमा बोल्दै माओवादी प्रवक्ता कृष्ण बहादुर महराले भने-"हामीलाई थाहा छ हाम्रा अध्यक्ष र प्रधानमन्त्रीकोबीचमा यसबारेमा कुनै पनि कुरा भएको छैन।"

पत्रकार सम्मेलनको आयोजना बुधबार सम्पन्न माओवादी केन्द्रीय समितिको बैठकका निर्णयहरू सार्वजनिक गर्न गरिएको थियो।

त्यस बैठकले द्वन्द्वको अवस्थाबाट शान्तिपूर्ण प्रजातान्त्रीक प्रकृयामा अवतरण गर्ने नयां रणनीतिहरू पारित गरेको बताइएको छ।

राजदूत र मानवअधिकार आयोगमा भएको नियुक्ती सम्बन्धमा यता अर्को चाखलाग्दो खुलासा सरकारको एउटा महत्वपूर्ण साझेदार रहेको नेकपा एमालेले गरेको छ।

यता माओवादीहरूले भने निर्णय नसच्याइएमा केहिदिनपछि देशव्यापी बन्द गर्ने र जनआन्दोलन तीन गरिने भन्ने धम्की त्यागीसकेको छैनन्।

एमालेले चाहिं उच्चस्तरिय प्रतिनिधिमण्डल नै सरकार र माओवादीका शिर्ष नेताहरूसंग भेट्न खटाउने निर्णय समेत गरेको छ।

विश्लेषकहरू भन्छन् त्यसले सातदल भित्रै अनि सातदल र माओवादीबीच पुन: समाधानमुखी सम्वाद प्रकृया शुरू गर्ने अपेक्षा गर्न सकिन्छ।

from: http://www.bbc.co.uk/nepali/news/story/2006/12/printable/061221_uml_envoys.shtml

भेटघाट

बिहिबार नै नेपालका लागि राष्ट्रसंघीय विशेषदूत इयन मार्टिनले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासंग भेट गरेका छन्।

भेटका पूर्ण विवरणहरू प्राप्त भएका छैनन् तर सुत्रहरूका अनुसार भेटका क्रममा मार्टिनले यस हप्ता भएका उग्र घटनाक्रमहरूप्रति चिन्ता व्यक्त थिए।

No comments: