Wednesday, November 29, 2006

सेना र हतियार ब्यवस्थापन प्रकृयाबारे सम्झौता


नेपालमा शान्तिवार्ता गरिरहेका सरकार र माओवादीहरूले सेना र हतियार व्यवस्थापनको प्रकृयाको विषयमा मंगलबार एउटा सम्झौतामा हस्ताक्षर गरेका छन्।

सम्झौताको विस्तृत विवरण प्राप्त भएको छैन, तर उक्त सहमतिपछि अन्तरिम सम्विधान जारी गरि माओवादी सहितको अन्तरिम संसद र सरकार गठन गर्ने बाटो खुलेको छ।

संयुक्त राष्ट्रसंघका प्रतिनिधिको रोहवरमा सरकार र माओवादीबीच भएको सम्झौतालाई 'हतियार र सेना ब्यवस्थापनको अनुगमन सम्वन्धि सम्झौता' नाम दिइएको छ।

१२ पन्ना लामो, सात खण्ड रहेको सम्झौतामा प्रमुख सरकारी वार्ताकार कृष्णप्रसाद सिटौला र माओवादी वार्ताटोली प्रमुख कृष्णबहादुर महराले पत्रकारहरूको सामुन्ने हस्ताक्षर गरेका थिए।

सम्झौतामा सहमतिको ढाँचा, व्यवस्थापनको चरण, सेना र हतियारको प्रमाणिकरण, फौजको केन्द्रिकरण, अस्थाई शिविर र हतियार नियन्त्रण लगायतका विषय छन्।

सम्झौतामा हस्ताक्षर गरेपछि माओवादी वार्ताकार कृष्णबहादुर महराले भने, ''सशस्त्र द्वन्दको विगतलाई ठिक ढङ्गले मिलाउनका निम्ति एउटा ब्यवहारिक सम्झौता गर्न जरुरी छ, जुन कुरा हामीले विगत ५/६ दिनदेखी यहाँ सहकार्य गरेर अहिले टुङ्ग्याएका छौं।''

६ दिन लामो प्रयासपछि सरकार र माओवादी मंगलबार बल्ल सहमतिमा पुगेका हुन्।

हस्ताक्षर लगत्तै दुबै प्रमुख वार्ताकारले संयुक्त रुपमा संय�

No comments: