Saturday, November 04, 2006

माओवादीद्वारा जबर्जस्ती कर असुली कार्य जारी


माओवादीहरूले पार्टीलाई कर नतिरेको भन्दै नवलपरासी जिल्लामा संचालित दुई ठूला उद्योगहरूबाट उत्पादित वस्तुहरूको निकासीमा लगाएका रोक एकदिन पछि खुला गरिदिएका छन्।
 

दुम्कौलीस्थित चौधरी ग्रुपको चाउचाउ र बीयर तथा गोर्खा ब्रुअरीका उत्पादनलाई बिहिवार माओवादीहरूले बजारमा लैजान रोक लगाएका थिए।

कारखानाको मूलढोका अगाडि धर्ना दिएका माओवादीहरू त्यहांबाट हिंडेपनि कर नतिरेमा पुन: रोक लगाउने चेतावनी उनीहरूले दिएका छन्।

माओवादीहरूका त्यस्ता गतिविधिहरूप्रति सर्वत्र चिन्ता व्यक्त गरिंदै आएतापनि उनीहरूले कर तथा चन्दाको नाममा आफ्ना क्रियाकलापहरू भने अगाडि बढाइरहेका छन्।

माओवादीका नवलपरासी जिल्ला इन्चार्ज टंकमणिले आफ्नो सत्ताको "करको दायरामा" आउन अटेर गरेपछि ती उद्योगको निकासीमा रोक लगाइएको बीबीसीलाई बताए।

उनले भने,"हाम्रो जनसत्ताको परिधि भित्र र एउटा प्रकृयामा ल्याउन कोशिश गरिरा'छौं। उनीहरूले पनि अहिले दुइ चार दिन भित्रमै हामी एउटा प्रकृयामा आउंछौं त्यतिन्जेलसम्म थोरै समय दिनुप-यो भनेर माग गरेको कारणले गर्दा हामीले छोडिदिएको हो।"

उनले राजनीतिक समस्या समाधान नभएसम्म यो प्रकृया नरोकिने पनि बताए। उनले भने, "यहां दुइटा सत्ता छ भन्ने सबैले बुझेकै कुरो ह�

No comments: