Tuesday, October 31, 2006

माओवादीले हतियारमोह त्याग्नुपर्ने

विभिन्न राजनीतिक दलका नेताहरूले शान्तिवार्तालाई टुङ्गोमा पुर्‍याउनका लागि माओवादीले हतियारमोह त्याग्नर्ुपर्ने बताएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उनीहरूले जतिसक्दो छिटो शिखरवार्तालाई निष्कर्षा नपुर्‍याइए वार्ताविरोधी चलखेल सुरु हुने आशङ्का व्यक्त गरे ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले हतियार व्यवस्थापनलाई प्राथमिकतामा राखी शान्तिवार्ता अगाडि बढिरहेको दाबी गर्नुभयो । "माओवादीको हतियार र लडाकुलाई पृथकीकरण गर्नुपर्नेमा काङ्ग्रेस अडिग छ"- उहाँले भन्नुभयो ।

राष्ट्रिय जनशक्ति पार्टर्ीी सह-अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले हतियार व्यवस्थापन नहुँदासम्म समस्या समाधान हुन नसक्ने धारणा राख्नुभयो । उहाँले जतिसक्दो छिटो हतियार व्यवस्थापन गरी मुलुकमा भयरहित वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो ।नेपाली काङ्ग्रेस -प्रजातान्त्रिक) का प्रवक्ता डा. मीनेन्द्र रिजालले राजतन्त्रको भविष्य निर्धारण गर्न जनमत सङ्ग्रह सबैभन्दा उत्तम उपाय भएको कुरामा जोड दिनुभयो ।

No comments: