श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट बुधबार बिहान ९ बजे
राष्ट्रका नाममा सम्बोधन बक्स हुनेभएको छ। उक्त कुरा श्री ५ महाराजाधिराजको
सम्वाद सचिवालयले मंगलबार जनाएको हो।एक वर्षअगाडि माघ १९ कै दिनमा श्री ५ बाट प्रधानमन्त्री देउवाको
मन्त्रिपरिषदलाई भंग गरिबक्सी मौसूफकै अध्यक्षतामा मन्त्रिपरिषद गठन
गरिबक्सेको हो।माघ १९ लाई कालो दिन भन्दै राजनीतिक दल, विद्यार्थी संगठन, नागरिक समाज,
पेशागत संघसंस्था आदिले बुधबार दिनभर राजधानीमा विभिन्न कार्यक्रम गर्ने भएका
छन्।त्यसैगरी देशभर र विदेशमा लन्डनको संसद भवन अगाडि, न्युयोर्कमा राष्ट्रसंघीय
मुख्यालय अगाडि, अस्ट्रेलिया, क्यानाडा, बेल्जियममा ईयुको सचिवालयअगाडि पनि
प्रदर्शन हुँदैछ।
No comments:
Post a Comment