| |||||
सरकारले काठमाण्डूमा आइतवार गराइएका बम विष्फोटहरुलाई आतंककारी र अमानवीय भन्दै संविधानसभा चुनावकालागि विशेष सुरक्षा अभियान शुरु गरेको बताएको छ। राजधानीका सार्वजनिक स्थल तथा परिवहनमा श्रृङखलावद्ध बम बिष्फोटन भएको एक दिन पछि बसेको मन्त्रीपरिषदको आपत्कालीन बैठकले सुरक्षा स्थितिको समीक्षा पनि गरेको थियो। सरकारले घाइतेहरुको उपचार खर्च ब्यहोर्ने जानकारी दिएको छ। मन्त्रिपरिषदले त्यस्ता कार्यलाई संविधानसभाको निर्वाचन बिथोल्ने नियोजित षडयन्त्रका रुपमा लिएको जनाएको छ। आइतवार त्रिपुरेश्वर, सुन्धारा र बालाजुमा लगभग एकै समयमा भएका बिष्फोटनमा परी विष्फोटनमा परी दुईजनाको ज्यान जानुकासाथै दुई दर्जन घाइते भएका थिए। प्रहरीले अनुसन्धानका क्रममा केही ब्यक्तिहरुलाई पक्राउ गरी सोधपुछ गर्दैरहेको जनाएको छ। बैठकपछि आठदलीय सरकारका प्रवक्ता तथा सूचना एवम् सन्चार मन्त्री कृष्णबहादुर महराले भने, "सरकारले अहिले सु्रक्षा स्थितिलाई कडा तुल्याउँदै अनुसन्धान शुरु गरेको छ र सबै नेपालीलाई संयमित हुन आग्रह गरेको छ। " 'सरकार अविचलित' महराले सरकार ती हमलाहरुबाट विचलित नभएको बताउदै सबै नेपालीहरुलाई, उनकै शब्दमा, संविधानसभा बिथोल्ने र आतंक फैल्याउने खालका षडयन्त्र र क्रियाकलापहरुलाई विफल तुल्याउन आग्रह गरे। उनले भने, "सरकार एकदम गम्भीर भएको छ र दलहरु मिलेर, सबै एकजुट भएर चुनौतीहरुको सामना गर्नुपर्छ।" सोमवार सांझ सम्म पनि एक दर्जन घाइतेहरु उपचार गराइरहेका थिए। एकजना विद्यार्थी गुमाएको र अन्य केही विद्यार्थी घाइते भएको त्रिपुरेश्वरस्थित विश्व निकेतन स्कुल शोकाकुल बन्न पुगेको छ। यसअघि खासै नाम नसुनिएका तीनवटा समूहहरु अगाडि आईसकेका छन्। बीबीसीसंग कुरा गर्दै गृह मन्त्रालयका प्रवक्ता वामनप्रसाद न्यौपानेले सरकारले त्यसबारे अनुसन्धान गरीरहेको बताए। देश संविधानसभाको चुनाव गराउन अग्रसर भैरहंदा गराईएका हमलाहरुको चौतर्फी निन्दा र भर्त्सना गरिएको छ। उता संविधान सभाको चुनावका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाउने विषयमा क्षेत्रीय स्तरमा छलफल गर्न गृहमन्त्री कृष्णप्रसाद सिटौला बिराटनगर पुगेका छन्। बिराटनगरस्थित बीबीसीका एकजना संवाददाता भन्छन्, "त्यहां उनले सबैलाई चुनाव शान्तिपूर्ण र तोकिएकै समयमा हुने कुरामा आश्वस्त तुल्याउने कोशिश गरेका थिए।" |
Blogging Nepal’s Stories off going ahead, woes, haves and have-nots, porters and leaders, success and failures, ups and downs, real NEWS stories from NEPAL.
No comments:
Post a Comment